काठमाडौँ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
संस्था संचालक समितिको ३१०औँ बैठक, मिति २०८२ असोज ७ गते मंगलबार बसेको बैठकले आ.व. २०८१÷८२ को संचित मुनाफा तथा सोही आ.व. को वित्तीय विवरण प्रतिवेदनको आधारमा हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८।८० मा १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १९.२ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल मञ्जुश्री फाइनान्सले आफ्ना ग्राहकलाई आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा सुविधा प्रदान गर्दै आएको छ ।
हालसम्म देशभर २७ शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा विस्तार गरेको यस संस्थाले १ लाख ५५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पु¥याइरहेको छ ।
उत्कृष्ट बैंकिङ्ग सेवा, ग्राहकमैत्री सुविधा र विश्वासिलो वित्तीय व्यवस्थापनका कारण मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीका रूपमा स्थापित भएको जनाएको छ ।











प्रतिक्रिया