अवैध लागूऔषधसहित पाँच जना पक्राउ


काठमाडौं । 

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-९ सिसहानियाबाट डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइन गरी १३२/१३२ एम्पुल लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरका रोहित सेन्चुरी, एक १७ वर्षीया किशोरी र बादल बस्याल रहेका छन्।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुरबाट चरेश जस्तो देखिने ३१८ ग्राम पदार्थसहित राम सिंह साउद र उनका छोरा हेमन्त साउदलाई पनि पक्राउ गरिएको छ।