काठमाडौँ ।
देशकै अग्रणी निर्माण सामग्री उत्पादक कम्पनी हुलास आल्युमुनीयमले काठमाडौं उपत्यकामा आफ्नो नयाँ बिक्री शाखा सञ्चालनमा ल्याएको छ । शनिबार सतुंगल–१०, काठमाडौंमा आयोजित कार्यक्रमका बीच शाखाको औपचारिक उद्घाटन गरिएको हो ।
यस शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीले झ्याल, जस्ता, ढोका, फ्रेमलगायतका गुणस्तरीय आल्युमुनीयम तथा स्टिल सामग्री प्रत्यक्ष शाखाबाट सहज रूपमा खरिद गर्न सक्ने भएका छन् । कम्पनीका अनुसार शाखामार्फत उपलब्ध हुने सबै सामग्री प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सेवा सुनिश्चित गर्दै उपलब्ध गराइनेछ ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिले हुलास आल्युमुनीयमलाई ग्राहकले देखाएको विश्वास र समर्थनकै कारण नयाँ शाखा खोलिएको बताएका छन् । साथै, उपत्यकामा निर्माण सामग्रीको बढ्दो मागलाई ध्यानमा राखी ग्राहकलाई सजिलो पहुँच, भरपर्दो सेवा र दिगो गुणस्तर उपलब्ध गराउने उद्देश्य रहेको जानकारी दिइयो ।











प्रतिक्रिया