प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता


काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ। मंगलबार सम्पन्न भेटमा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार पतन भई कार्की प्रधानमन्त्री बनेकी हुन्। नेपाली सेनाको पहलमा कार्की प्रधानमन्त्री बनेपछि प्रधानसेनापतिसँगको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ।