काठमाडौं ।
सिन्धुली चाडपर्वको अवसरमा सार्वजनिक बिदाका दिन अत्यावश्यक बाहेकका सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले निर्देशन दिएको छ।
प्रशासनले सोमबार सूचना जारी गर्दै बिदाको दिन सरकारी तथा संस्थान कार्यालय र स्थानीय तहका कर्मचारीहरूले सवारी साधन चलाएको गुनासो प्राप्त भएको जनाउँदै यस्तो निर्देशन दिएको हो।
सूचनामा उल्लेख भएअनुसार बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएमा सम्बन्धित कर्मचारी तथा कार्यालय स्वयं जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेका हुन्।












प्रतिक्रिया