भक्तपुरमा झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ


काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेमा गएराति भएको झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ। झगडा रोक्न पुगेका प्रहरी नायव निरीक्षक ९प्रनानि० राजन बनमाला र जवान राज बहादुर ऐरलाई झगडियाहरूले हातपात गर्दा सामान्य घाइते भएका छन्।

प्रहरीले दोलखा घर भई सूर्यविनायकमा बसोबास गर्ने ३२ वर्षीय अर्जुन तामाङलाई घटनास्थलमै पक्राउ गरेको छ भने थप दुई जना पनि पछि पक्राउ परेका छन्।

घाइते प्रहरीहरूलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। पछिल्ला दिनमा प्रहरीमाथिको आक्रमण बढ्दै गएकोप्रति स्थानीय र अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।