काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन्। उनले हाल पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार छलफलपछि मात्र सचिवालय बैठक बस्नेछ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, र सचिव पद्मा अर्याललगायतसँग ओलीले छलफल गरिसकेका छन्। भदौ २३(२४ को जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिदृश्यमा कांग्रेस, माओवादी, र रास्वपालगायत दलहरूले औपचारिक बैठक बोलाए पनि एमालेले हालसम्म बोलाएको छैन।
ओलीको निजी निवासमा आगजनी भएपछि उनी भक्तपुरको गुण्डुमा बस्दै आएका छन्। आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किए पनि ओली भने उक्त बहस स्वीकार गर्न इच्छुक देखिएका छैनन्। यही कारणले उनी वान टु वान छलफलमा केन्द्रित भएको नेताहरूको भनाइ छ।











प्रतिक्रिया