दसैँ यात्रा : वर्षा र पहिरोको सम्भावना, सावधानी अपनाउन विभागको आग्रह


काठमाडौं ।

दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुहरू बढेका छन्। तर, मनसुन सक्रिय भएकाले तीन दिनसम्म केही ठाउँमा वर्षा र पहिरोको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्छ। बिहीबार भने अधिकांश स्थानमा मध्यम वर्षा मात्र हुने अनुमान गरिएको छ।

यात्रुहरूलाई यात्रा योजना बनाउनु अघि मौसमको पछिल्लो जानकारी लिएर सावधानीपूर्वक यात्रा गर्न विभागले आग्रह गरेको छ।