काठमाडौँ ।
कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ पुनः केन्द्रीय कारागार फर्किएका छन्। भदौ २४ मा अन्य कैदीहरूसँगै भागेका उनी आइतबार कारागार फिर्ता भएको जेलर कृष्ण चापागाईंले जानकारी दिए।
गोरे ३३ किलो सुन तस्करीको मुद्दामा थुनामा छन्। अनुसन्धान अनुसार, २०७४ माघ ९ मा दुबईबाट ल्याइएको सुन गोरे समूहले विमानस्थलमार्फत भित्र्याएको थियो। तर, उक्त सुन अझै फेला परेको छैन। गोरेले बयानमा भरियाबाट नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकै सुन लुटिएको बताएका छन्।











प्रतिक्रिया