काठमाडौँ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पछिल्ला आन्दोलनले डर र आशा दुवै सिर्जना गरेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित कार्यक्रममा उनले अबको पुनर्निर्माण भौतिक मात्र नभई आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
ज्ञवालीले भूकम्पपछिको सफल पुनर्निर्माणको उदाहरण दिँदै अहिले पनि युवाको आत्मबल र एकताको खाँचो रहेको बताए। उनले नेपालका आर्थिक सूचकहरू श्रीलङ्काभन्दा बलियो रहेको उल्लेख गर्दै, निजी क्षेत्रको विश्वास जित्न सके आर्थिक पुनरुत्थान छिट्टै सम्भव हुने धारणा राखे।
उनले संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहबाट समस्या समाधान गर्न सकिने बताए। लगानी बोर्डको वन स्टप सर्भिस सेन्टर प्रभावकारी रूपमा कार्यान्वयन नभएको स्वीकार गर्दै, कानुनी सुधारमार्फत सुधारको प्रयास भइरहेको जानकारी दिए।
नीति स्थायित्व र सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा लगानीको वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए।











प्रतिक्रिया