जेनजी आन्दोलनका क्रममा घाइते श्रमिक महिलाको निधन


काठमाडौं ।

वीरगन्जस्थित नेपाली कांग्रेस नेता अनिल रुंगटाको घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया घरेलु मजदुर शोशिला देवी हजराको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।

गत भदौ २४ गते भएको आगलागीमा घरमा रहेका अन्य मजदुरमध्ये भारतका विनय यादव पनि गम्भीर घाइते भएका छन्, तर उनकी स्वास्थ्य अवस्था सुधारोन्मुख छ। आगलागीका क्रममा रुंगटाको घर पूर्ण रूपमा ध्वस्त भएको थियो भने वरपरका अन्य चार घरमा समेत तोडफोड र लुटपाट भएको बताइएको छ।