ललितपुर।
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले यस वर्षको अष्टमातृका नाच गं प्याखं सञ्चालनका लागि ४ लाख रुपैयाँ प्रदान गरेको छ।
वडा कार्यालय १ सय थान टिसर्टसहित सो रकम प्रदान गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । ललितपुरमा प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म स्थानीय नकबहीलदेखि यस नाच शुरू हुने गर्दछ ।
यस नाचका समावेश विभिन्न वर्णका १३ देवगणहरूशक्तिको उपासनासंग सम्बन्धित यस नाचमा यी १३ देवीदेवताको मखुण्डो र सोहीअनुरुप भेषभूषा, गरगहना लगाइ मानिस मण्डालकार बनाएर तान्त्रिक विधिपूर्वक नाचिन्छ । शुरूको चार दिन नकबहीलबाट शुरू भई पाटनदरबार क्षेत्रको मुलचोकमा यस नाच समापन गरिनेछ भने त्यसपछिको पाँच दिनसम्म राति कातिक डबलीमा देखाइने गरिन्छ ।
फुलपाति र विजया दशमीको दिन भने दिउँसो मूलचोकमा यो नाच देखाइन्छ । अन्तिम दिन अर्थात् एकादशीका दिन नकबही डबली नाच देखाएर यो नाच सम्पन्न गरिन्छ ।अष्टमातृका नाच प्रबन्ध समितिले ललितपुर महानगरपालिकाले विनियोजित गर्दै आएको बजेट अपुग भनेर थप बजेटको लागि वडामा माग गरेअनुसार रकम प्रदान गरिएको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।
महानगरपालिका संस्कृति, पर्यटन तथा उद्योग समितिले सो नाचको लागि यस वर्ष ६ लाख रुपैयाँ विनियोजित गरेको थियो ।यसका अतिरिक्त विभिन्न श्रद्धालु दाताहरुलाई पनि यथोचित सहयोग गर्न आग्रह गर्दै आएको छ ।











प्रतिक्रिया