मन्त्री पुनको को ब्रिफिङ :कम्प्युटर विषयको दरबन्दी थप्ने, त्रिबिको रिजल्ट तीन महिनामा नआए अनुदान रोक्ने चेतावनी

68.81k
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री महाविर पुनले सबै विद्यालयमा कम्प्युटर विषयमा दरबन्दी थप्नुपर्ने बताएका छन् । आज मन्त्रालयमा योजना महाशाखाले तयार गरेको मन्त्राललयको अवस्था लगायतको ब्रिफिङपछि मन्त्रीपुनले कम्प्युटर विषयमा दरबन्दी थप्नुपर्ने बताउनुभएको हो ।

उहाले त्रिबिको परीक्षाको विषयमा टीप्पणी गर्दै त्रिबिले ३ महिनामा परीक्षाफल प्रकाशित गर्न नसके करार दरबन्दी कटौटीदेखि अनुदान रोक्का गनुृपर्ने सम्मको चेतावनी दिनुभएको थियो । उहाले भन्नुभयो–परीक्षाफल ढिलो प्रकाशित भएको कारण त्रिबिको साख गिर्दो अवस्थामा छ, अब यसरी चल्दैन परीक्षा लिएको ३ महिनामा परीक्षाफल प्रकाशित गर्नेपर्छ ।

दुई सचिव मन्त्रालयका सबै महाखाका प्रमुखसंग लिएको ब्रिफिङमा उहाले विज्ञान र प्रबिधिको क्षेत्रमा दरबन्दी थप्नुपर्ने बताउनुभएको थियो ।