भारत र नेपालको सहकार्यमा मोनालिसा


भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा मोनालिसा (ब्लडी लभ) नामक फिल्म निर्माण हुने भएको छ।
केही दक्षिण भारतीय निर्माताको सहकार्यमा नेपालमै बन्ने फिल्मको सोमबार घटस्थापनाको दिन निर्माण घोषणा गरिएको हो। ठूलो बजेटमा निर्माण हुने फिल्ममा लेखन तथा निर्देशन किङ योगीको रहनेछ। फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने अक्स इन्टरनेशनल स्टुडियोजले जानकारी गराएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसंगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।

फिल्मको फस्ट लुक पोस्टरमार्फत फिल्मलाई ब्लडी लभ ट्यागलाइन दिइएको छ। प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ।