संगीतमा चञ्चले आँखा


नव गायक रुजन सिवाकोटीको स्वरमा चञ्चले आँखा बोलको गीत भिडियोसहित अमेरिकाबाट रिलिज भएको छ।
गीतमा रुजनसंगै गायिका मेलिना राईले स्वर छ। डीपी खनालले लेखेकोे गीतमा देवेन्द्र बरालको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ।

सुनिल क्षेत्री र नायिका केकी अधिकारीले अभिनय गरेको गीतको भिडियो रुजनको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

गीतको भिडियोको निर्देशनक सुनिल क्षेत्रीले गरेका छन्। भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छाया“कन तथा अमृत चापागाईंको सम्पादन र रंग संयोजन छ।