काठमाडौं।
बाल यौन दुराचार र जालसाजी मुद्दामा नेपालमा सजाय भुक्तान गरिरहेका दुई अमेरिकी नागरिक फरार भई पुनः पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतको आदेशअनुसार बाल यौन दुराचार मुद्दामा कारागार कार्यालय कास्कीमा कैद सजाय भोगिरहेका एक अमेरिकी र काठमाडौं जिल्ला अदालतको आदेशअनुसार कारागार कार्यालय जगन्नाथ देवलमा जालसाजीसम्बन्धी मुद्दामा सजाय काटिरहेका अर्का अमेरिकी भदौ २४ गतेको घटनामा फरार भएका थिए ।
फरार विदेशी कैदीहरूको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले विशेष सूचनाका आधारमा सोमबार महाराजगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीले पक्राउ परेका दुवै अमेरिकी नागरिकलाई सम्बन्धित कारागारमा बुझाएको छ ।
फरार विदेशी कैदीलाई नेपाल प्रहरीले राजधानीमै नियन्त्रणमा लिन सफल भएपछि सुरक्षा निकायले यसलाई ‘महत्वपूर्ण सफलता’ मानेको छ ।











प्रतिक्रिया