काठमाडौँ
मञ्जुश्री फाइनान्स लिमिटेडले नेपालीको महान् चाड विजयादशमीको अवसरमा आफ्ना ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने भएको छ । यस अन्तर्गत मञ्जुश्री स्मार्ट एपमार्फत निःशुल्क रकम अन्तर गर्न सकिने व्यवस्था गरिएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै मञ्जुश्री स्मार्ट एपबाट निःशुल्क रकम अन्तर गर्न सकिने यो सुविधा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म प्रयोग गर्न सकिनेछ । यस सुविधा अन्तर्गत ग्राहकले मञ्जुश्री स्मार्ट एपको ‘फण्ड ट्रान्सफर’मार्फत ‘फोनपे डाइरेक्ट’ तथा ‘इन्स्टाफण्ड ट्रान्सफर’ प्रयोग गरी जुनसुकै माध्यमबाट पनि निःशुल्क रकम अन्तर गर्न सक्नेछन् ।
ग्राहकको लागि विभिन्न सुविधा ल्याउँदै आएको मञ्जुश्री फाइनान्सले यस पटक दशैंलाई लक्षित गरी निःशुल्क रकम अन्तर गर्ने योजना ल्याएको जनाएको छ ।
हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १९.२ अर्ब रुपैयाँ कर्जा परिचालन गरिरहेको मञ्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर र सुलभदरमा कर्जा प्रवाह गर्दै आएको छ । फाइनान्सले हालसम्म २७ वटा शाखा तथा १ वटा विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म १ लाख ५५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पु¥याउँदै आएको मञ्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको जनाएको छ ।











प्रतिक्रिया