नवलपरासी।
नेपाली माैलिक चार्डपर्व नजिकिदै जाँदा जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वले राजमार्ग केन्द्रित यात्रु सहायताकक्ष थप्दै लगेकाे छ ।
सदरमुकाम क्षेत्र कावासाेती स्थित फलफूल चाेकमा स्थापना गरिएकाे यात्रु सहायताकक्षकाे प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले साेमबार उद्घाटन गरेका छन् ।
दशैं, तिहार, छठ लगायतका चाडपर्वमा सार्वजनिक यातायात प्रयाेगकर्ताहरूकाे हितलाई ध्यानमा राखि जिल्लाकाे गंडाकाेट, दुम्किबास, दलदले, चाेरमारा, अरूणखाेला लगायतका स्थानमा यात्रु सहायताकक्ष थप्न गर्न लागिएकाे ट्राफिक कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।

यात्रु सहायताकक्षबाट प्रहरीले यात्रुहरूकाे सुरक्षा, कठिनाइ समाधान, सवारी भाडा अनुगमन, दूर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमबारे सचेतना प्रदान गर्ने जनाइएकाे छ ।
जिल्ला प्रहरीले यात्रुहरूमाथि हुने दूर्वयवहार,अधिक भाडा असुली, लुटपाट,लागुपदार्थ ओसार पसार नियन्त्रणका लागि सादा पाेसाकका प्रहरीलाई सवारीमै चडाएर पनि यात्रुहरूकाे सुरक्षा दिने याेजना बनाएकाे छ ।
यात्रु सहायताकक्ष स्थापना सुभारम्भ कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख यादव ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।











प्रतिक्रिया