रास्वपाको केन्द्रीय समितिको बैठक भोलि बस्दै


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ।

परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।

प्रवक्ता मनिष झाले सो बैठकमा पार्टी सङ्गठन एवं विभाग, समसामयिक अवस्था, प्रदेश सभापतिहरूकातर्फबाट प्रदेश बैठकबाट प्राप्त विवरण प्रस्तुत, महाधिवेशन र समसामयिक अवस्था एवं बैठकबारे छलफल हुने जानकारी दिए ।