भ्रष्टाचारीलाई खेल्ने मौका नदिऔँ


आशिका तामाङ (अभिनेत्री तथा निर्मात्री)
प्रिय जेनजी,

तपाईंहरूको बलिदान, त्याग र रेभुलेसनबाट प्राप्त गोरेटो बाटोलाई फराकिलो पार्दै पक्की गर्नु छ। यो यात्रा निकै कठिन छ र हामी सबै मिलेरै अगाडि बढ्नु बाहेकको कुनै विकल्प छैन। धैर्य गरौ“। एक अर्कामा आरोप–प्रत्यारोप लगाएर भ्रष्टाचारीहरूलाई खेल्ने मौका नदिनुहोस्। हामीले तत्काल गर्नुपर्ने काम निम्न छन्, जसका लागि कुनै पद चाहिँदैन।

१. आन्दोलनमा घाइते भाइबहिनीहरूलाई मलम लगाउने, छिटो निको हुने वातावरण बनाउन आर्थिक, भौतिक, मानसिक सक्दो सहयोग गर्ने।
२. आन्दोलनमा वीरगति प्राप्त भाइबहिनीहरूको परिवारलाई उच्च सम्मानसहित आर्थिक, भौतिक, मानसिक सक्दो सहयोग गर्ने।

३. आउदो चुनावमा उचित, योग्यलाई भोट हाल्ने।
४. अहिलेको सरकारलाई सफल बनाउन खबरदारी गर्दै क्याबिनेट मन्त्री छान्न प्रधानमन्त्रीलाई स्वतन्त्र छुट दिने।
५. आन्दोलनमा ताकी ताकी टाउको, छातीमा गोली हान्न आदेश दिनेलाई कानुन बनाएर कारबाही गर्न दबाब दिने।
६. हाम्रा कयौं महत्वपूर्ण राज्यका संरचना जलेका छन्, छिन्नभिन्न छन्, तिनको सरसफाइ गरेर हुने भए गर्ने, नत्र पुनर्निर्माण गर्ने।

७. तत्काल प्रहरी साथी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्मानसहित काममा फर्काउने वातावरण मिलाउने।
८. ट्राफिक जामको निकै समस्या भएको ठाउ“मा स्वयंसेवक भएर व्यवस्थापन गर्ने।