पूर्व राष्ट्रपति भण्डारीद्वारा संविधान दिवस २०८२ को शुभकामना“संविधानको रक्षा र भ्रष्टाचार निवारण सबैको दायित्व”


काठमाडौँ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको पालना, सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारण लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन अपरिहार्य रहेको बताएकी छन् । उनले सामाजिक आर्थिक विकासलाई तीव्रता दिनु, राजनीतिक स्थिरता कायम गर्नु र युवाको ऊर्जा सदुपयोग गर्नु वर्तमानको आवश्यकता भएको उल्लेख गरिन् ।

भण्डारीले संविधान निर्माणमा ऐतिहासिक भूमिका खेलेका राजनीतिक दलहरूले आफ्ना दायित्व गम्भीरतापूर्वक समीक्षा गर्दै लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय र समानताको रक्षा गर्न एक ढिक्का बन्नुपर्नेमा जोड दिइन् । साथै, उनले हालैका विद्यार्थी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दलहरूलाई आपसी मनोमालिन्यता त्यागी संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरणमा लाग्न आह्वान गरिन् ।