काठमाडौँ
हालैका आन्दोलनका कारण मुलुकका भौतिक संरचनामा व्यापक क्षति पुगेको अवस्थामा पुनर्निर्माणका लागि निजी क्षेत्रको ऐतिहासिक योगदान सुरु भएको छ । ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ ।
“हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले यो कदमलाई सामाजिक उत्तरदायित्वसँगै आत्मनिर्भरता र राष्ट्रिय एकतालाई बल पु¥याउने अवसरका रूपमा लिएको छ । यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर सकारात्मक ऊर्जा फैलिने अपेक्षा गरिएको छ ।
लक्ष्मी टेक्नोप्लास्टका प्रबन्ध निर्देशक श्री अञ्जनी नन्दन मारुले भन्नुभयो, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो ।”
निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको कम्पनीले यो निर्णयमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको छ । यस ऐतिहासिक पहलले मुलुकको पुनर्निर्माणमा निजी क्षेत्रको सक्रियता र नेतृत्वलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया