काठमाडौ ।
नेपाल मेडिसिटी अस्पतालमा च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । उहाँलाई उहाँकी श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गर्नुभएको अस्पतालले जनाएको छ ।
विगत ८ वर्षदेखि कलेजो समस्यासँग जुधिरहनुभएका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उहाँलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो । मदिरा सेवन गरेकै कारण कलेजो पुरै बिग्रिएको कारण प्रत्यारोपण गर्नुपरेको हो ।
कलेजो प्रत्यारोपण सर्जन, डा. रामबाबु साहले नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि अब भारतलगायतका विदेश जानुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
उहाँले नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान भइरहेको जानकारी दिँदै यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको बताउनुभयो ।
नेपाल मेडिसिटीले गुणस्तरीय उपचार सेवाप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै, आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने जनाएको छ ।











प्रतिक्रिया