काठमाडौँ ।
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रममार्फत मनाइँदैछ । नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।
सिंहले प्रजातन्त्र स्थापनाका लागि विसं १९९७ देखि सक्रिय भई २००७ सालको क्रान्ति, २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ को जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि कृष्णप्रसाद भट्टराईलाई अघि सारेका सिंह त्यागको उदाहरणका रूपमा नेपाली राजनीतिमा चिनिन्छन् । विसं १९७२ मा जन्मिएका उनको निधन २०५४ असोज २ गते भएको थियो ।











प्रतिक्रिया