तिनाउ नदिको वाढिले खतराको शुचि पार ,किनाराका वस्ति उच्च जोखिममा

1.03k
Shares

बुटवल ।

अत्याधिक वर्षाले बुटवलको तिनाउ नदीको बहाव बढेको छ । रुपन्देहीको  बुटवल बजार भएर बग्ने तिनाउ नदीमा पानीको बहाब बढ्दा नदीको धार बस्तीतिर सोझीएको छ ।

यसले नदी किनारका वस्ती जोखीममा परेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान  तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको अर्थात् ७.१२ पुगेको छ । बुटवल उपमहानगरपालिका वन वातावरण तथा व्यवस्थापन शाखाका प्रमुख योगेश चापागाईले पहाडी जिल्लामा पानी परीरहेकाले तिनाउ नदीको बहाब बढेको बताउनुभयो ।

यस्तोमा किनारका बासिन्दालाई सावधानी अपनाउन, सतर्क रहन र आपतकालीन सहायता आवश्यक परेमा सहयोग लिन आग्रह गरिएको उहाको भनाइ छ  ।

तिनाउ नदी बढ्दा  मर्चवार र लुम्बिनी क्षेत्रका केही बस्ती डुवानमा परेको  जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

यद्यपि अहिलेसम्म मानवीय क्षती नभएको उहाको भनाइ छ । वर्षा नरोकिएकाले बाढिको जोखिम भने घटेको छिन ।