काठमाडौँ ।
गएराति परेको अविरल वर्षापछि दुईवटा राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डसमेत पूर्णरूपमा अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गको गगनेखोला क्षेत्र पहिरोको उच्च जोखिमयुक्त स्थान मानिँदै आएको छ । यसअघि पनि पटक–पटक यहाँ ठूलो पहिरो गएर यातायात अवरुद्ध हुने घटना दोहोरिँदै आएको छ ।
हाल दुवै स्थानमा सडक विभाग र स्थानीय निकायका सहायतामा सडक खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन् । यात्रुलाई भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।











प्रतिक्रिया