ब्रिटिस यूट्युबर जो जेनजीको आन्दोलनका हिस्सा बने

भिडियो अपलोडपछि ५ लाखभन्दा बढी सब्सक्राइबर

8.37k
Shares

ह्यारी नामका ब्रिटिस यूट्युबर (भ्लगर) थाइल्यान्डबाट यूके जानेक्रममा नेपालमा केही दिनका लागि घुम्न आएका थिए । उनी आएको समयमै नेपालमा आन्दोलन पनि शुरु भयो । अनायास उनी यही २४ गतेको जेन जी आन्दोलनका हिस्सा बन्न पुगे । उनी रातारात एक पर्यटकबाट पत्रकारसमेत बने । साथै उनी र उनका भिडियो क्षणभरिमै भाइरल भयो पनि । यो भिडियामार्फत् नेपालको जेनजी आन्दोलन विश्वले हेरे पनि ।

ह्यारीले ‘वी हेट दि कोल्ड (धभजबतभतजभअयमि) ’ को नामबाट यूट्युब चलाउँछन् । उनी मोटरसाइकल चढ्दै विश्व यात्रा गर्ने गरेको उनले बताएका छन् । उनको लागि यो नेपालको यात्रा निकै रोमाञ्चक र डरलाग्दो बनेको थियो । उनको यो दोस्रो नेपाल यात्रा थियो ।
जेन जीको आन्दोलनको दोस्रो दिनको भिडियो अपलोड गर्न अघिसम्म ह्यारीको यूट्युबमा सब्सक्राइबर करिब ५०÷६० हजारको संख्यामा थियो । जब बानेश्वरस्थित संसद भवन जलाएको, त्यहाँ भएको हरेक गतिविधिको भिडियो अपलोड गरियो, तब उनको सब्सक्राइबर ह्वात्तै बढेर ५ लाखभन्दा बढी संख्यामा पुग्यो ।

यस्तै, उनको यो आन्दोलनको भिडियो अपलोडले पनि उनको सबै अपलोड गरिएका अन्य भिडियोलाई कोसै मिल पछाडि पा¥यो । नेपालको संसदमा आक्रमण गरिएको भिडियो दुई दिनमै करोडौं संख्याको भ्यूमा पुगेको थियो । साथै यो भिडियो वल्र्डवाइडमा भयो । नेपालको यो नयाँ पुस्ता जेन जीले गरेको आन्दोलन क्षणभरिमै विश्वभरि फैलिएको हो ।

यो लेख लेखन्जुल यो भिडियोको भ्यू २५ मिलियन यानि २ करोड ५० लाखभन्दा बढी भ्यूमा पुगेको छ । यस भिडियोको शीर्षक राखिएको छ ‘द साइड अफ नेपाल द मिडिया वन्ट शो यू (तजभ कष्मभ या ल्भउब ितजभ mभमष्ब धयलत कजयध थयग)’ ।

यस शीर्षकको भिडियोमा करिब ९० हजार जनाले कमेन्ट गरिसकेका छन् । शायद यो कमेन्ट केही दिनमा १ लाखमा पुग्ने संभावनामा छ । विश्वका विभिन्न देशका युजर्सहरूले यसमा कमेन्ट्स गरेका छन् । यसमध्ये कयौं कमेन्ट्समा लाइक हजारौं संख्यामा छ ।

यस भिडियोमा नेपाली मिडियाका क्यामेरा पर्सनले समेत खिँच्न नसकेका दृृश्यहरू छन् । यसमा कसरी आन्दोलनकारीहरूले संसद भवनको रेलिङ तोडे, गेट खोलेको र भित्र पुगेर संसद जलाएको दृश्य विस्तारका साथ क्यामरामा कैद गरिएको छ ।

यस्तै, प्रहरीको गाडीमा चढेर खुशीयाली मनाएको, आफ्नै तालले नाचेको, आन्दोलनकारीहरू संसदको चारैतिर खुशी मनाइरहेको दृश्य देख्न सकिन्छ । यसैमा ह्यारी पनि डर र रोमाञ्चका साथ आन्दोलनकारीहरूको हरेक गतिविधिको दृश्यहरू खिँचिरहेका थिए ।

ह्यारी आई डोन्ट बेलिभ, ओ बिल्डिङ इज बर्निङ, होल पिपुल्स इन्ज्वाइंग ……भन्दै चिच्याइरहेका थिए । अश्रु ग्याँस फ्याल्दा आन्दोलनकारीहरू भाग्दा उनीहरूसँगैं ह्यारी पनि चिच्याउँदै दौडेका थिए । उनले यस्तो दृश्य पहिलो पटक देखेको पनि बताउँछन् । उनी जानी नजानी नेपालको जेनजी आन्दोलनका हिस्सा बन्न पुगे ।

योर सेफ्टी ईज आवर कन्सर्न

नेपाली युवाहरू भ्रष्ट सरकारको विरोध गरिरहँदा पनि यस पर्यटकलाई बचाउने गरिरहेका थिए । एकले उनलाई भने पनि –योर सेफ्टी ईज आवर कन्सर्न (थयगच कबाभतथ ष्क यगच अयलअभचल) । यसले नेपालीहरू कति पाहुनाका लागि सचेत छन् भन्ने प्रमाण देखाउँछ । यो कमेन्टलाई लाइक गर्ने नै २९ हजारभन्दा बढी संख्या रहेको छ ।

ह्यारीको भनाइ

सामान्यतया यात्रा भ्लगहरू पोस्ट गर्ने ह्यारीले कहिल्यै राजनीतिक उथल पुथललाई कभर गर्ने योजना बनाएका थिएनन् बताएका थिए । उनले भिडियो शेयर गर्दै लेखेका थिए—म संयोगवश मेरो क्यामेरासहित त्यहाँ थिएँ । अचानक लगाइएको कफ्र्युले मलाई यस संकटको बीचमा छोड्यो । आज मैे जे देखेँ त्यो विश्वास गर्न सकिरहेको छैन । नेपालमा जेन जीको विरोध प्रदर्शन मेरो आँखासामु प्रकट भयो । म यहाँ कफ्र्युबाट बाहिर निस्कन सक्षम भएमा थाइल्यान्डबाट बेलायत फर्कने छु । तपाईँहरू (नेपालीहरू) सबैलाई माया छ ।