राष्ट्रिय शोकका कारण नेपाली राजदूतावास दोहा बन्द रहने


काठमाडौं ।

नेपाली राजदूतावास, दोहाले एक सूचना जारी गर्दै २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाएका मृतकहरूको सम्मानस्वरूप नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय शोकको अवसरमा आगामी २०८२ असोज १ गते (सेप्टेम्बर १७, २०२५) राजदूतावास बन्द रहने जनाएको छ।

राहदानी आवेदनका लागि सो दिनको अपोइन्टमेन्ट लिएका सेवाग्राहीले २०८२ असोज २ गते (सेप्टेम्बर १८, २०२५) मा सेवा लिन दूतावासमा उपस्थित हुन अनुरोध गरिएको छ।