काठमाडौँ ।
अर्थमन्त्री रामेश्वर खनालले २०८२ भाद्र २३ र २४ गतेका प्रदर्शनबाट निजी उद्योग व्यवसायमा पुगेको क्षति तथा लगानी सुरक्षाका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग आज (२०८२ भाद्र ३१) अर्थ मन्त्रालयमा छलफल गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी समूह, भाटभटेनी समूह लगायतका उद्योग व्यवसायीको सहभागितामा भएको छलफलमा निजी क्षेत्रले उद्योग व्यवसायको सुरक्षा, लगानी प्रोत्साहन, कर सहुलियत, सहुलियतपूर्ण कर्जा तथा बिमा रकम छिटो भुक्तानी गर्न माग गरेका थिए ।
अर्थसचिव घनश्याम उपाध्यायले दशैँबाहेक अन्य सार्वजनिक विदामा बैंक तथा भन्सार खुला रहने जानकारी दिँदै अवरोध भएको तातोपानी नाका सञ्चालनका लागि प्रयास भइरहेको बताए ।
उद्योग व्यवसायीलाई सम्बोधन गर्दै मन्त्री खनालले क्षतिग्रस्त संरचनाको अवलोकन भइसकेको उल्लेख गर्दै सार्वजनिक तथा निजी क्षेत्रको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँले उद्योग व्यवसायीको समस्या सरकारकै समस्या भएको उल्लेख गर्दै कर तथा मौद्रिक नीतिबाट सहुलियत दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो । साथै, सार्वजनिक सेवामा सुधार गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल सरकार
अर्थ मन्त्रालय
जानकारी सम्बन्धमा
मिति २०८२ भाद्र २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरुसँग अर्थमन्त्री श्री रामेश्वर खनालज्यूले आज मिति २०८२।०५।३१ मा अर्थ मन्त्रालयमा छलफलर अन्तर्क्रिया गर्नु भएको छ । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसियसन, चौधरी तथा भाटभटेनी ग्रुप समेतका उद्योग व्यवसायीहरु समेतको सहभागिता रहेको थियो ।
उक्त छलफलमा निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्रीज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि नेपाल सरकारले विश्वस्त तुल्याउन अनुरोध गर्नु भएको थियो । प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिहरुको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथासीघ्र भुक्तानी हुने व्यवस्था लगायतमा नेपाल सरकारले यथासीघ्र निर्णय गर्नु पर्ने माग राख्नु भएको थियो । निजी क्षेत्रलाई सरकार, राजनीतिक दल, पत्रकार, नागरिक समाज समेतले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्ने विषय उठान भएको थियो ।
उक्त अन्तरक्रियामा अर्थसचिव श्री घनश्याम उपाध्यायले दशैको दिन बाहेक अन्य सार्वजनिक विदामा दिनमा समेत बैक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी गराउनु भयो ।
उद्योग व्यवसायीहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री श्री रामेश्वर खनालज्यूले आज मिति २०८२।०५।३१ गतेका दिन आफुले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडया हाउस तथा ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाहरुको अवलोकन गरेको जानकारी गराउनु भयो । अर्थमन्त्रीले निजी क्षेत्रका समस्याहरुसँग परिचित रहेको समेत बताउनु भयो । सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि कोष खडा गर्ने निर्णय भैसकेको जानकारी समेत गराउनु भयो ।
उद्योग व्यवसायीको समस्या सरकारको पनि समस्या भएकोले यस समस्याबाट बाहिर निस्किनका लागि क्ष्लतभनचबतभम द्यगकष्लभकक च्भअयखभचथ एबिल ल्याइने समेत जानकारी गराउनु भयो । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको साथै अबका दिनमा निजी क्षेत्र तथा नागरिकहरुले सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने विन्दुहरुबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिइएको बताउनु भयो ।
मिति २०८२।०५।३१











प्रतिक्रिया