काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालयमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
मंगलबार उनले उक्त कक्ष अब प्राधिकरणकै कार्यका लागि प्रयोग गर्नुपर्ने बताएका हुन्। यसअघि पूर्वमन्त्री दीपक खड्काको पालामा सो कार्यकक्ष निर्माण गरिएको थियो।
त्यतिबेला कार्यकारी निर्देशक रहेका घिसिङ र मन्त्री खड्काबीच विवाद चलेको थियो। घिसिङ हाल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पनि हुन्।












प्रतिक्रिया