काठमाडौं ।
मकवानपुर–बारा सिमानास्थित चुरियामाई सडक खण्डमा मंगलबार दिउँसो नेपाली सेना सवार जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार जिप अनियन्त्रित भई करिब ५० मिटर तल खसेको हो। घाइते सेनालाई उद्धार गरी हेटौँडातर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
तनहुँबाट धनुषातर्फ जाँदै गरेको उक्त जिप दुर्घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।











प्रतिक्रिया