विश्वभरि हिट भएको गंगनम स्टाइल

3.76k
Shares

एउटा गीत थियो, गंगनम स्टाइल । यो गीत २०१२ जुलाईमा रिलिज गरिएको थियो । यसको भाषा नबुझे पनि यो गीत एकै क्षणमा हेर्दा हेर्दे नेपालसहित विश्वमा चर्चित बन्यो । गीतको बोल थाहा नभएपनि यसको धून र बीटसँगैं परफोर्मेन्सले सबैको मन जित्यो ।

गंगनम स्टाइल बोलको गीत हरेक पार्टीमा हरेक कार्यक्रममा समेत बज्न थालियो । यसको अहिलेसम्मको भ्यू ५ अर्ब भन्दा माथि रहेको दाबी गरिएको छ । यो बोलको प्रेरणा लिएर नेपाल भाषामा ग्यानपु स्टाइल (डरलाग्दो शैली) शीर्षकमा एक चलचित्र पनि बनेको थियो ।

यस गीतका सिंगर पार्क जाय संग हुन् । दक्षिण कोरियाका चर्चित पप सिंगर पार्कलाई छोटकरीमा पीएसवाई को नामले चिन्दछ । यो उनको स्टेजको नाम हो । उनले यो गीत आफैले सिर्जना गरेका हुन् । यस गीतमा उनको गीत गाउने स्टाइल, नाच्ने स्टाइल र म्युजिक बीटले सबैलाई नाच्न र उफ्रन बाध्य बनायो ।

यो गीत विश्वभरि मनपराएकोमा पीएसवाईलाई अहिलेसम्म पनि आश्चर्यमा पारेको छ । उनले एक अन्तरवार्तामा बताएका थिए—यो गीत मैले नै लेखेको थिएँ । डान्स पनि मैले नै बनाए र परफर्म पनि मैले नै गरे । तर, किन हो ? यस गीतले विश्वलाई नै पागल बनाइदियो । यो कुरा मलाई अहिलेसम्म पनि थाहा छैन । मैले कति सोचें के रहेछ यो गीतमा भनेर, तर मैले अहिलेसम्म यो गीत यतिको हिट हुनुमा कुनै कारण निकाल्न सकेको छैन ।

यति ग्लोबल हिट गीत दिएपछि योभन्दा हिट दिन त कसैले सक्दैनन् । यो गीतभन्दा अघि बढ्न मुश्किल मात्रै होइन असंभव नै छ भनेर उनले बताए पनि । अहिले उनी ४७ वर्ष भए । उनले अनेक एल्बम निकाले तर, गंगनम स्टाइल को लोकप्रियताको वरिपरि पनि रहन सकेन । गंगनम स्टाइल पछि हालीउडसम्म पुग्न सफल हुनु नै करिअरको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ ।

पीएसवाईको अन्य गीतहरू डैडी र जेन्टलम्यान एसियामा हिट भए । तर, एसियाबाहिर खासै हिट भएन । सन् २०२२ मा पीएसवाई नाइन्थ (एक्थ् ढतज)रिलिज भयो । यो यंग जनेरेसनका लागि फेभरेट बन्यो । यसको द्याट द्याट (तजबत तजबत) गीत थियो । यो उनको कमब्याक मानिन्छ । यसमा बीटीएससँग पीएसवाईको जादु चलेको थियो । वेस्टर्न स्टाइल र म्युजिकसँगैं डान्सले यस गीतले सबैको मन जितेको थियो ।

समर स्वेग ले मच्चायो धुम

पीएसवाईले गीत सिर्जित गर्नुका साथै लाइभ कन्सर्टमा पनि फोकस गरेका छन् । उनले २०१२ मा दक्षिण कोरियामा शुरु गरेको समर स्वेग नामबाट एन्युल फेस्टिभल शुरुआत गरेका थिए । यो अहिले दक्षिण कोरियामा सबैभन्दा आइकोनिक लाइभ इभेन्ट बनिसकेको छ । यसमा पीएसवाईले दर्शकलाई वाटर केननबाट भिजाउने गर्छन् । हजारौं दर्शक वर्षाको पानीमा झैं भिजेर लाइभ शोको नाच्दै मजा लिने गर्छन् । पीएसवाईले यस २०२५ मा दक्षिण कोरियाका ९ शहरहरूमा १६ लाइभ शोज गरे । सबै नाचेर खुशी हुँदा उनी पनि खुशी भएको बताए ।

नयाँ टेलेन्ट्सलाई मौका

पीएसवाईले सन् २०१९ मा नयाँ टेलेन्ट्सलाई मौका दिनको लागि आफ्नो रिकार्ड लेभल पी नेशन लन्च गरेका थिए । यसको उद्देश्य के–पप (कोरिया पप) लाई नयाँ दिशा दिनु हो र नयाँ उदीयमान सिंगरलाई मन्च दिनु हो । यो लेभलको लिस्टमा ¥यापर जेसी, आर एंड बी सेन्सेसन ह्युनए, बाय ग्रुप टीएनएक्स र कयौं दिग्गज जुडेका छन् ।
पीएसवाईले बताएका थिए—जबसम्म बट्टा खुल्दैन तबसम्म भित्र के छ भनेर थाहा हुँदैन । कुनचाहिँ बादलले पानी बर्साउँछ त्यो पनि थाहा हुँदैन । त्यसैले टेलेन्टेड सिंगर को निकाल्नका लागि कुनै मञ्चको त आवश्यक नै हुन्छ ।