“मेरो साधना अन्धोपन निवारण हो” : डा.सन्दुक रुइत


काठमाडौँ ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले आफ्नो जीवनको मुख्य साधना अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा भइरहेका बेला उनले आफू राजनीतिभन्दा बिरामीको उपचार र सेवामा समर्पित रहने स्पष्ट गरे ।

उनका अनुसार राजनीतिक नेतृत्वको प्रस्ताव आउने गरे पनि आफ्नो कर्म र जिम्मेवारी नेपाली तथा विश्वभरका बिरामीलाई दृष्टि फर्काउनेतर्फ केन्द्रित रहनेछ ।

उनले सबैले आफ्नो पेसा र कर्ममा इमानदारीपूर्वक लागे देश परिवर्तनमा धेरै समय नलाग्ने भन्दै एकजुट भएर देश बनाउनुपर्नेमा जोड दिए ।