कठमाडौँ
१३ जना रोटरी क्लबका अध्यक्षहरू मिलेर ‘रोटरी एक्सन ग्रुप’ गठन गरेका छन् । ‘युनाइट फर गुड’ को नाराका साथ उनीहरूले विभिन्न प्रहरी चौकीहरूमा आवश्यकतामा आधारित मूल्याङ्कन गरिरहेका छन् र सुरक्षा जाँच पोस्टहरूलाई पुनः सञ्चालन गर्नका लागि आवश्यक पुनर्निर्माणका लागि स्थानीय निकाय र अन्य क्लबहरूसँग समन्वय गरिरहेका छन् ।
उनीहरूले विभिन्न आवश्यकतामा परेका विभागहरूलाई संयुक्त रूपमा कम्प्युटर, ओछ्यानका सामान, खाना र चिकित्सा सहायता प्रदान गरेका छन् । विशेष गरी जेनेरेसन जेडको विरोध प्रदर्शनको चरम समयमा पनि उनीहरूले आफ्नो ज्यान जोखिममा राखेर रक्तदान शिविर आयोजना गरिरहेका छन् ।
यस्तै दङ्गामा घाइते भएका मानिसहरूको उद्धार १३ जना क्लबका अध्यक्षहरूको यो टोली ‘रोटरी एक्सन ग्रुप’को नामले चिनिन रुचाउँछन् र उनीहरूको मूल नारा ‘सर्भिस अबभ सेल्फ’ रहेको समूहका एक अध्यक्ष रोटरियन अमोल प्रधानले बताउनुभयो ।











प्रतिक्रिया