काठमाडौँ
अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घघाटनमार्फत नेपालभरी आफ्नो उपस्थिति थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घघाटन समारोहमा सम्मानित दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवालसमेत उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई थप ऊर्जा मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, उरुषा भण्डारी को उपस्थितिले दिएका थिए । रामकुमार थापाद्वारा रिबन काट्दै नेपालमा कजारियाको यो नयाँ अध्यायको औपचारिक सुरुआत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै, रामकुमार थापाले भन्नुभयो, “यो शोरूम संचालाना गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो । हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।”
साथै कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृस्टीकोणलाई उजागर गर्दै भन्नुभयो, “कजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो । यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिश टाइलको विस्तृत चयनसँग प्रत्यक्ष जोड्नेछ ।”
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०८१२० सेमी, ६०८६० सेमी, १९.५८१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०८४० सेमी) र सिरामिक वाल टाइल्स (३०८६० सेमी, ३०८४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।











प्रतिक्रिया