हेटौँडाका उपमेयरमाथि आक्रमण, एक जना पक्राउ


काठमाडौं ।

हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि आइतबार बिहान हेटौँडा–१ बुद्धचोकमा आक्रमण भएको छ । आक्रमणबाट उपमेयर बानियाँ सामान्य घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरेको जनाएको छ । आक्रमणको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।