काठमाडौं ।
जेनजी पुस्ताको आन्दोलनपछि प्रभावित सेवाहरू क्रमशः सामान्य बन्दै गएका छन् । बन्द भएको नेपाल रेल्वे सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल जयनगरबाट बिहान ११ बजे जनकपुरधाम आइ नियमित सेवा सुरु गरेको नेपाल रेल्वेका सहायक केवलबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार अबदेखि रेल सेवा तीनवटा समयतालिकाअनुसार सञ्चालन हुनेछ । त्यस्तै, आन्दोलनका कारण रोकिएको बस सेवा पनि आजदेखि सुचारु भएको छ । बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बस सञ्चालनसँगै यात्रुहरूलाई सहज भएको बताए ।
यसैबीच, बन्द रहेका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने भएका छन् । एन प्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरका अनुसार लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएकाले सोमबारदेखि पठनपाठन सुरु गरिने भएको हो ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई औपचारिक जानकारी दिइएको जनाइएको छ ।











प्रतिक्रिया