हामीले अक्सर पुस्ताहरूबारे सुनेका छौं र पढेका छौं । समय र उमेरअनुसार व्यक्तिहरूलाई अलग अलग पुस्तामा विभाजित गरिएको छ । कोही पुरानो पुस्ता हुन्छन् त कोही नयाँ पुस्ताका हुन्छन् । समाजमा बस्दा पुरानो र नयाँ पुस्ताको मिश्रण भएर बस्नु परेको हुन्छ । कति कुरा मिल्न सक्छ त कति कुरामा विवाद हुन्छ पनि ।
अहिले पनि हजुरबा हजुरआमाले आफ्ना नाति नातिनीहरूलाई उनीहरूको संघर्ष र सफलताको कथा भनिरहेका हुन्छन् । कोही एक पुस्ताले अर्को पुस्ताको दाँजोमा राम्रो भन्ने कोसिस गर्छन् । हाम्रा पालामा यस्तो गरेको यस्तो देखेको तिमीहरूले के देखे भन्ने पनि छन् । समयअनुसार पुस्ताहरूबीच विचार, रहनसहन, लवाई खवाई फरक नै हुन्छ । यसैले जान्न जरुरी छ कि हरेक पुस्ता कहिले शुरु भयो र कहिले समाप्त भयो ।
गे्रेटेस्ट जनेरेसन १९०१–१९२७
यो अवधिमा जन्मने व्यक्तिहरूलाई गे्रटेस्ट जनेरेसन (महान पुस्ता) भनिन्छ । उनीहरूले संघर्ष देखेका थिए । संघर्ष गर्नु परेको थियो । कयौं किसिमको समस्याको सामना गर्नु परेको थियो । जसमा, लडाईँ, रोग र गरिबी सामेल थिए । यो अवधिमा जन्मनेहरूले विश्व युद्धसमेत देखेका थिए ।
साइलेन्ट जनेरेसन १९२८–१९४५
यस अवधिमा जन्मने व्यक्तिहरू साइलेन्ट जनेरेसनमा पर्दछ । यो अवधिमा जन्मनेहरूले विश्व युद्ध देखे, दासत्वमा जीवन बिताउनु परेको थियो । यस पुस्ताले अन्यायविरुद्ध बोल्न सक्दैनन् । चुपचाप सहने बानी र बोल्न डर भएको हुँदा यस पुस्तालाई साइलेन्ट जनेरेसनको संज्ञा दिइएको थियो ।
बेबी बुमर्स १९४६–१९६४
यस अवधिमा जन्मने व्यक्तिहरू बेबी बुमर्स पुस्तामा पर्दछ । उनीहरूलाई किन बेबी बुमर्स भनेको भने यस दौरान जीवन परिवर्तन गर्ने कयौं प्रविधिको विकास भइसकेको थियो । यस पुस्ताले मेहनतका साथ प्रविधिको युगमा काम गर्ने तरिका सिकेका थिए । यही अवधिदेखि आधुनिक युगको विकास भएको मानिन्छ ।
जनेरेसन एक्स १९६५–१९८०
यो पुस्ताहरू पनि प्रविधिका लागि नयाँ थिए । यो पुस्ताको आधुनिक जमानाको शुरुआत पनि मानिन्छ । जस्तै, हिप्पी कल्चर, सिनेमा, कला र संगीतलाई नयाँ आयाम दिने रक एण्ड रोल दिने पुस्ता मानिन्छ । वर्तमान अवस्थामा यस पुस्ताका पाका व्यक्तिहरू र युवाहरूबीच एक पुलको पनि काम गरिएको भनिन्छ ।
मिलेनियल्स १९८१–१९९६
यस अवधिमा जन्मनेहरूलाई मिलेनियल्स भनिन्छ । यो पुस्ताका व्यक्तिहरूले धेरै परिवर्तन देखेका थिए । उनीहरूले प्रविधिअनुसार जीवन यापन गर्न आफुलाई समेत परिवर्तन गरेका थिए ।
जेनजी १९९७–२०१२
यस अवधिमा जन्मनेहरूलाई जेन जी भनिन्छ । यानि यसको पूरा नाम जनेरेसन जेड हो । यस पुस्ताले शुरुआत नै सोसल मिडियाबाट भएको छ । यस पुस्ताले ट्रोल्स, साइबर बुलिंग जस्ता विषयसँग सामना गरेका छन् । यसै पुस्ताले आज नेपालमा सत्ता नै परिवर्तन गरिदिएर विश्वमा जेनजीको महत्व र शक्ति देखाइदिएको छ ।
जेन अल्फा २०१३–२०२५
यो पुस्ताका बच्चाहरूको दिमाग धेरै तेजिलो हुन्छ । जन्मदेखि नै प्रविधिसँग रहेको हुनाले इन्टरनेट, सेल फोन, टेबलेट र सोसल मिडियाको साथै हुर्केका हुन् । जेन अल्फालाई विश्वकै सबैभन्दा युवा र २१ औं शताब्दीको रियल जनेरेसन मानिएको छ ।











प्रतिक्रिया