काठमाडौँ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद् विघटन गरी निर्वाचन घोषणा गरेका हुन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदाता अद्यावधिक र जनशक्ति व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको बताए ।
यसअघि भ्रष्टाचार र बेथितिविरुद्धको जेनजी आन्दोलनमा भएको झडपमा ५१ जनाको मृत्यु भएपछि सेनाको मध्यस्थतामा अन्तरिम सरकार बनेको हो ।











प्रतिक्रिया