अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न इप्पान तयार


काठमाडौँ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने तयार रहेको जनाएको छ ।

हालै जेन–जी युवाहरूको आन्दोलनपछि अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै इप्पानले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको आधार हुने विश्वास व्यक्त गरेको हो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ । यसलाई ऐतिहासिक उपलब्धि भन्दै इप्पानले विभिन्न समस्या र चुनौतीबीच पनि देशमा लगानी गरिरहेका ऊर्जा उद्यमीहरूलाई कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ ।