काठमाडौँ ।
जेनजी आन्दोलनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय साह टक्ला पक्राउ परेका छन् । उनलाई काभ्रेपलाञ्चोकको बनेपाबाट विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१२ वर्षदेखि कैद भुक्तान गर्दै आएका साहलाई जन्मकैदको सजाय तोकिएको थियो । आन्दोलनकै भीड र आगजनीबीच नख्खु कारागारका सयौँ कैदी फरार भएका थिए, जसमा साह पनि सहभागी थिए । लामो समयदेखि उच्च निगरानी सूचीमा रहेका साहलाई पक्राउ गर्न सुरक्षाकर्मीले गुप्त अपरेसन सञ्चालन गरेको थियो।











प्रतिक्रिया