धादिङ कारागार घटनाः सेनाको गोली लागी एक कैदीको मृत्यु


धादिङ।

धादिङ कारागारमा उत्पात मच्चाउँदै भाग्ने प्रयास भएको घटनामा सेनाले नियन्त्रणका लागि गोली चलाउँदा एक कैदीको मृत्यु भएको छ।
कारागारभित्र आगजनी गर्दै भाग्ने क्रममा अन्दाजी ७५ वर्षीय पुरुष कैदीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

गोली लागेर दुई कैदी गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार अहिले धादिङ अस्पतालमा भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

सुरक्षाकर्मीहरूले अहिले कारागार क्षेत्रमा नियन्त्रण मजबुत पारेका छन् भने थप घटना रोक्नका लागि अतिरिक्त सेना र प्रहरी परिचालन गरिएको छ।