नवलपरासी।
पश्चिम नवलपरासीको परासीस्थित कारागारमा रहेका कैदीबन्दीमध्ये ५ सयभन्दा बढी एकैपटक फरार भएका छन्।
कारागारका कर्मचारी किरण अर्यालका अनुसार कारागारमा रहेका ५७६ कैदीबन्दीमध्ये बिहान १० बजेदेखि १२ बजेसम्मको अवधिमा ५ सयभन्दा बढीले गेट फोरेर भागेका हुन्। जेनजी आन्दोलनबारे रेडियोमार्फत् समाचार सुनेपछि कैदीबन्दीले बिहानैदेखि भित्र तोडफोड सुरु गरेका थिए।
आन्दोलनरत कैदीबन्दीलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाली सेनाको बल समेत परिचालन गरिएको थियो। तर, भित्रैबाट आक्रोशित कैदीबन्दी एकजुट भएर निस्कँदा नियन्त्रण गर्न नसकिएको कारागारका कर्मचारीहरूले बताएका छन्। अश्रुग्याँससमेत प्रहार गरिएको तर गोली चलाइएको भने छैन।
कारागारमा आफू खुसीले बसिरहेका केही कैदीबन्दी बाहेक अधिकांश फरार भएको पुष्टि भएको छ। फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले खोजतलास अभियान सुरु गरेका छन्।











प्रतिक्रिया