कांग्रेस कार्यालयमा जेनजीको आगजनी


काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीहरूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आज बिहानैदेखि प्रदर्शन झन् उग्र बन्दै गएको छ।

आक्रोशित प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयहरूमा ढुंगामुढा र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा व्यवस्था कडा बनाइएको छ।