“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायकासाथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताअनुसार मञ्जुष्री दर्शन प्रा.लि., काठमाडौँ–चित्लाङ बस टिकटमा १० प्रतिशत छुट दिनेछ । सुमना डेण्टल हस्पिटल प्रा.लि., भक्तपुरले दन्त उपचार सेवामा १० प्रतिशत छुट उपलब्ध गराउनेछ भने मञ्जुष्री टेलर्स प्रा.लि., काठमाडौँले टेलरिङ्ग सेवामा १५ प्रतिशत छुट दिनेछ ।
त्यस्तै, सुमना डाएग्नोष्टिक सेन्टर, चितवनले प्रयोगशाला सेवामा १० प्रतिशत छुट दिनेछ । नेपाल बैंकिङ इन्स्टिच्युट प्रा.लि., बबरमहलले बैंकिङ सम्बन्धी तालिममा १० प्रतिशतसम्म छुट दिनेछ भने नाइन टु नाइन सुपरमार्केट, काठमाडौंले दैनिक उपभोग्य सामग्री खरिदमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
यस्तै, नयाँ कमलादी टावर, कमलादीमा पसल भाडामा लिँदा १० प्रतिशतसम्म छुट पाइनेछ भने सञ्जिवनी ल्यान्ड एण्ड हाउजिङ प्रा.लि., इमाडोलले जग्गा खरिदमा १५ प्रतिशतसम्म छुट दिनेछ । शिवा होटल रेष्टुरेन्ट, मैतीदेवीले खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने र कामना राइज एण्ड कन्ट्रक्सन प्रा.लि., चितवनले निर्माण सामग्री खरिदमा १५ प्रतिशत छुट दिनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्नसमेत सक्नेछन् ।











प्रतिक्रिया