डा. कोइराला: युवाको आवाज सुन्ने हिम्मत गरौं, नत्र पछुताउनु पर्छ


काठमाडौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका युवाहरुको आवाज प्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

उनले ती युवा “जेनजि” पुस्ताका प्रतिनिधि भएको उल्लेख गर्दै, उनीहरुले राजनीतिक दाउपेचभन्दा देशभित्रै रहेर केही गर्न चाहने भावना राखेको बताए।

कोइरालाले सरकार र शासक वर्गले यस्तो सोचलाई सम्मान गर्दै आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्। “यस्तो आवाज नसुनेर पछुतो मान्नु नपरोस्,” उनले चेतावनी दिए।