सिक्सजी : एडभान्स टेक्नोलोजी

५० भन्दा बढी फिलिमहरू छिटै डाउनलोड हुने

470
Shares

चीन कुनै न कुनै नयाँ कुराको आविश्कार गर्न सँधैं अगाडि रहेको छ । अहिले चीनले मोबाइल नेटवर्क टेक्नोलोजीको मामिलामा अब नयाँ इतिहास रच्न सफल भयो।

बेइजिङ यूनिभर्सिटी र सिटी यूनिभर्सिटी अफ हंगकंगका रिसर्चरहरूले मिलेर विश्वमा पहिलो सिक्सजी चिप डेभेलप गरेका छन् । यसलाई अहिलेसम्मको एडभान्स टेक्नोलोजी मानिरहेको छ ।

यो चिप ०.५ गिगाहर्जदेखि लिएर ११५ गिगाहर्जसम्म पूरै वायरलेस स्पेक्ट्रमलाई कभर गर्न सक्दछ । अहिले अलग अलग सिस्टमको जरूरत पर्दछ, अब यही काम एक चिपबाट हुनेछ । रिसर्चरहरूको अनुसार यो नयाँ चिप १०० गिगाबिट्स पर सेकेण्डसम्मको डाटा स्पीड दिन सक्नेछ ।

यति छिटो स्पीडमा हुने हुँदा १.५ देखि २ जीबीसम्मको ५० भन्दा बढी फिल्म एक सेकेण्डभन्दा कम समयमा डाउनलोड हुनेछ । यो चिपको साथै आँखा झिम्काउँदासम्म कयौं मुभिज फोन, ल्यापटप वा टेबलेटमा डाउनलोड भइसक्ने दावी गरिएको छ ।

नयाँ सिक्सजी चिपको साइज धेरै सानो छ । यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । पहिले जुन कामका लागि अलग अलग रेडियो सिस्टम जरुरत पर्दछ अब यसै कामका लागि यसैमा इन्टीग्रेट गरिदिएको छ ।

साथै यसको फ्रिक्वेन्सी नेभिगेशन सिस्टम आफसे आफ इन्टरफेरेन्स हटाएर क्लियर च्यानेलमा स्विच गरिन्छ । यानी भीडभाड नेटवर्कमा पनि यूजर्सले सहजै इन्टरनेट स्पीडको फाइदा मिल्नेछ ।

हाल वायरलेस टेक्नोलोजी लो ब्यान्ड र हाई ब्यान्डमा विभाजित छ । लो ब्यान्ड (माइक्रोवेभ) पहाड र ग्रामीण क्षेत्रमा कभरेज दिन्छ, जबकी हाई ब्यान्ड (मिलिमिटर वेभ, टेराहर्ट्ज) भर्चुअल रियालिटी, रोबोटिक सर्जरी र हाई–टेक टास्कहरूका लागि जरुरी हुन्छ । यो नयाँ चिपले दुबैलाई एकै साथ कभर गर्दछ र जसबाट हरेक जरुरत पुरा गर्न सकिन्छ ।

कन्सर्ट्स, स्टेडियम र अन्य भीडभाडवाला क्षेत्रहरूमा हजारौं डिभाइस एक साथ इन्टरनेटमा एकअर्कामा जोडिन्छ । अक्सर नेटवर्क ट्राफिकको समस्या आउने गर्छ । यो चिपले भने आफैले एक क्लियर च्यानल छनोट गर्छ र राम्ररी सहज तरिकासाथ कनेक्टिभीटी बनाइ राख्दछ ।

रिपोर्टअनुसार वैज्ञानिकहरूले यस टेक्नोलोजीलाई सानो यूएसबी साइजमा बदल्ने काम गरिरहेका छन् । यसलाई सहज ढंगले स्मार्टफोन, ड्रोन, अन्य डिभाइस र बेस स्टेसन्समा लगाउन सक्नेछ ।