आईएमईपेको दशैं–तिहार यात्रा अफर


काठमाडौँ
चाडपर्वको अवसरलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकट को भुक्तानी आईएमईपे बाट गर्दा आकर्षक “दशैं–तिहार लाभ अफर” सार्वजनिक भएको छ । यस अन्तर्गत विभिन्न एयरलाइन्सका फ्लाइट तथा बस सेवाको टिकट आईएमईपे मार्फत भुक्तानी गर्दा भदौ २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा डिस्काउन्ट पाउन सकिनेछ ।

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि., सिता एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुर को टिकट भुक्तानीमा उपलब्ध हुनेछ । बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएस बाट भुक्तानी गर्दा ग्राहकले १०१ रुपियाँ क्यासब्याक का साथै ५ भाग्यशाली जोडीले माउन्टेन फ्लाइट जित्ने मौका पाउनेछन् ।

त्यस्तै, सिता एयरलाइन्सको फ्लाइट टिकट भुक्तानी कनेक्टआइपीएस मार्फत गर्दा रु. ५०१ क्यासब्याक प्राप्त हुनेछ । यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानी गर्दा “फेस्टिभल३००” प्रोमो कोड प्रयोग गरेर रु. ३०० को डिस्काउन्ट संगै १० भाग्यशाली जोडीले माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् ।

बस सेवाबाट टिकट खरिद गरी कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकले रु. ५१ क्यासब्याक पाउनेछन् । यी अफरमा प्रति बैंक खातामा एकपटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।

आईएमईपे बैंकका ग्राहकका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न एक भरोसायोग्य र सजिलो माध्यम हो । आईएमईपे को नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरू आवद्ध रहेका छन् ।