काठमाडौँ
नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड अभियान “समयको मामलामा नो कम्प्रमाइज” अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । यस भिडियोमा हाम्रो जीवनको एक–एक सेकेण्ड समयको महत्वलाई देखाइएको छ । कथामा दुई साथीमध्ये एक जना समयमै एयरपोर्ट पुगेको छ भने अर्कोले जहाज ढिला हुने भन्दै घरमै बसेको तर जहाज तोकिएको समयमा नै उड्दा समयको मूल्यबारे सशक्त सन्देश दिइएको छ ।
यसअघि अभियानको पहिलो चरणमा कर्तव्यनिष्ठ ट्राफिक प्रहरीले “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश दिएको भिडियो प्रस्तुत गरिएको थियो । यसले समाजमा कर्तव्यबोध र जिम्मेवारीबारे चेतना फैलाउने उद्देश्य लिएको थियो । त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने संदेश दिइएको थियो । उक्त भिडियोले सामान्य जीवनमा हुने निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुने सन्देश दिन खोजेको थियो । यी दुवै सामाजिक सन्देशमूलक सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । “नो कम्प्रमाइज भन्न सजिलो छ, तर व्यवहारमा पुरा गर्न गाह्रो हुन्छ । जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने आफ्नो नीति अझै मजबुत रूपमा प्रस्तुत गरेको छ ।
स्थापनाकालदेखि नै शिवम् सिमेन्टले केवल ओ.पी.सी. (ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिंदै आएको छ । “गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, “कर्तव्यको मामलामा नो कम्प्रमाइज” जस्ता नाराहरूले शिवम् ब्रान्डको मूल सिद्धान्तलाई झल्काउँछन् ।
यसै प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार नेशनल क्वालिटी अवार्ड समेत प्राप्त गरिसकेको छ ।











प्रतिक्रिया