राजधानीको माइतीघर मण्डलामा नेपाली विद्यार्थी र GEN Z पुस्ताले भ्रष्टाचारविरुद्ध विरोध भालि देखि प्रदर्शन गर्ने भएका छन् । “नेपाल हाम्रो हो, भ्रष्टाचारको होइन” भन्ने नारासहित प्लेकार्ड र ब्यानरहरू बोकेर उनीहरूले सत्तालाई कडा सन्देश दिएका छन ।
“हामी अन्तिम पुस्ता हौं जसलाई तिमीले मूर्ख बनाउन सक्छौ” भन्ने चेतावनीसहित उनीहरूले “लुट्न बन्द गर, नेतृत्व सुरु गर” भन्ने माग गरेका छन्।
“GEN Z भ्रष्टाचारमुक्त नेपालको लागि लड्छ!” भन्ने नाराले आन्दोलनको स्पष्ट उद्देश्य देखिएको छ। सहभागीहरूले यो अभियानको केवल सुरुआत भएको र अब निरन्तर दबाब सिर्जना गरिने बताएका छन्।
सामाजिक सञ्जालमा #हाम्रोभविष्य_उनीहरूकोबैंकब्यालेन्स जस्ता ह्याशट्यागहरू मार्फत अभियानलाई व्यापक समर्थन मिलिरहेको छ।











प्रतिक्रिया